खेलकुद

स्याङ्बो परिवारको आयोजनामा भोताङमा दोर्लि कप जारी, विजेताले एक लाख रुपैयाँ पाउने

कार्तिक १६, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–३ भोताङमा स्याङ्बो परिवारको आयोजनामा प्रथम दोर्लि कप ७ ‘ए’ साइड फुटबल प्रतियोगिता सञ्चालन भइरहेको छ ।

‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल, पर्यटन प्रवर्द्धनका लागि खेल’ भन्ने मूल नाराका साथ कार्तिक १५ गतेदेखि सुरु भएको प्रतियोगितामा १५ वटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

कार्तिक २० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुने टोलीले नगद एक लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, दोस्रो हुने टोलीले नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूको प्रतिभा प्रस्फुटन तथा खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिताले यस क्षेत्रको खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्नुका साथै स्थानीय पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया

सोमबार, कात्तिक १६, २०८३ Mon, Nov 2, 2026

ट्रेन्डिङ