समाचार

पाँचपोखरीका बस्तीमा सांसद दुलालको जनभेटघाट, स्थानीय समस्या र गुनासा संकलन

२८ असोज, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक युवराज दुलालले पाँचपोखरी थाङपाल गाउँपालिका वडा १ र २ का विभिन्न बस्तीमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा विजयादशमीको शुभकामना आदानप्रदान गर्नुभएको छ ।

दुलालले पाँचपोखरी थाङपाल गाउँपालिका -१ अन्तर्गत डाङ्डुबा, बासखर्क बजार, जतन तथा वडा नम्बर २ अन्तर्गत बरुवा, बोलगाउँ र याङ्ग्रीलगायतका बस्तीहरुमा पुगेर स्थानीय बासिन्दाका समस्या, गुनासा र विकासका आवश्यकताबारे जानकारी लिनुभएको हो ।

भेटघाटका क्रममा उहाँले आफू निर्वाचित भएपछि मात्र नभई यसअघि जनप्रतिनिधिको जिम्मेवारीमा नरहँदा पनि यस क्षेत्रका जनताको समस्या समाधानका लागि काम गर्दै आएको बताउनुभयो । “म निर्वाचित भएपछि पनि जनताको समस्या र गुनासा सुन्न आइरहन्छु । हिजो यस क्षेत्रको जनप्रतिनिधि नहुँदा पनि काम गर्दै आएको हुँ,” उहाँले भन्नुभयो ।

सांसद दुलालले जनताले आफूलाई संसद्मा नीति निर्माणमा प्रभावकारी भूमिका खेल्न र सिन्धुपाल्चोकको विकासका लागि आवाज उठाउन निर्वाचित गराएको उल्लेख गर्नुभयो । सरकारमा रहे पनि वा प्रतिपक्षमा रहे पनि जिल्लाका जनताको समस्या र विकासका सवालमा सिंहदरबारमा सशक्त आवाज उठाउने आफ्नो प्रतिबद्धता रहेको उहाँको भनाइ छ ।

“मलाई सिन्धुपाल्चोकका जनताले काम गर्न र नीति निर्माणमा प्रभावकारी भूमिका खेल्न पठाउनुभएको हो । सिंहदरबारमा सिन्धुपाल्चोकको विकासका लागि सरकारमा भए पनि नभए पनि सशक्त आवाज उठाउने, जनताको समस्या सुन्न गाउँगाउँ जाने र समाधानका लागि पहल गर्ने हो । जनताले मलाई यही काम गर्न निर्वाचित गराउनुभएको हो,” उहाँले भन्नुभयो ।

यसै क्रममा उहाँले बाढीले बगाएको भोताङ–याङ्ग्री जोड्ने पुल पुनर्निर्माण गर्नुपर्ने आवश्यकतासमेत औँल्याउनुभयो । उक्त पुलको पुनर्निर्माणका लागि पहल गर्नुपर्ने बताउँदै उहाँले स्थानीयको आवागमन सहज बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।

सांसद दुलालले पाँचपोखरी थाङपाल गाउँपालिकाको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य, सडक तथा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने आफ्नो योजना रहेको बताउनुभयो । स्थानीय जनताका आवश्यकता र गुनासालाई प्रत्यक्ष रूपमा सुन्ने, विकासका सवाललाई सम्बन्धित निकायसम्म पुर्‍याउने तथा समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले गाउँबस्तीहरुमा पुगिरहेको उहाँले बताउनुभयो ।

निर्वाचित भए पछि प्रय जनप्रतिनिधिहरुलाई गाउँबस्तीमा भेट्न मुस्किल हुने प्रचलन रहेको तर दुलाल भने फरक रहेको प्रत्येक्षरुपमा महसुस गर्दै आएको स्थानीयहरुको भनाई रहेको छ । “हामीले भोटहालेर जिताएर पठाएको जनप्रतिनिधि हाम्रो समस्या र गुनासो सुन्न हाम्रै गाउँबस्तीमा आईपुनु भएकोमा निकै खुसी लागेको र आशा पनि जागेको स्थानियहरुको भनाइरहेको छ ।”

जनतासँगको प्रत्यक्ष भेटघाटले स्थानीय आवश्यकता पहिचान गर्न र विकासका प्राथमिकता निर्धारण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । साङ्सद दुलालले आफु जनताको प्रतिनिधि भएकाले आफुलाई जनताको घरदैलोमै प्रय भेट्ने समेत बताउनुभएको छ । उहाँले संसद्को हिउदे अधिबेशन अन्त्य भए सङ्गै जनभेटघाट कार्यक्रम सन्चालन गर्दै निर्वाचन क्षेत्रका गाउँबस्तीहरुमा पुगेर जनताको समस्य, गुनासा र विकासको योजनाबारे प्रत्येक्ष भेटघाट तथा छलफल गर्दै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया

बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026

ट्रेन्डिङ