खेलकुद

विश्व कराते च्याम्पियनसिपमा पाँचपोखरीका चित्रप्रसाद श्रेष्ठलाई कास्य पदक

३० असोज, सिन्धुपाल्चोक । इटालीको लिग्नानोमा अक्टोबर १४ देखि १८ तारिखसम्म सञ्चालन भइरहेको ३३औँ SKDUN सोतोकान कराते युनियन विश्व च्याम्पियनसिपमा नेपालका खेलाडी चित्रप्रसाद श्रेष्ठले कास्य पदक जित्न सफल भएका छन् ।

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–१, बासखर्कका श्रेष्ठले प्रतियोगितामा पुरुषतर्फ ८० केजी तौल समूहको कुमुते विधामा नेपालको प्रतिनिधित्व गर्दै कास्य पदक जितेका हुन् ।

विश्वका ४० देशका खेलाडी सहभागी रहेको उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा श्रेष्ठले हासिल गरेको सफलताले नेपाली कराते खेलको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्न योगदान पुर्‍याएको छ ।

स्थानीय बासखर्कका खेलाडी श्रेष्ठले विश्वस्तरीय प्रतियोगितामा पदक जित्नु पाँचपोखरी थाङपाल गाउँपालिका, सिन्धुपाल्चोक जिल्ला र समग्र नेपाली खेलकुद क्षेत्रका लागि महत्त्वपूर्ण उपलब्धि हो । 

उनको यस सफलताले नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया

शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026

ट्रेन्डिङ