समाचार

जबर्जस्ती करणीसम्बन्धी मुद्दाका फरार आरोपित काठमाडौंको बौद्ध पक्राउ

कात्तिक १६, काठमाडौं । जबर्जस्ती करणीसम्बन्धी मुद्दामा फरार रहेका पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० रानीघाटका सञ्जीव कुमार कुशवाह पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय बनेपाबाट खटिएको प्रहरी टोलीले कुशवाहलाई काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार कुशवाहविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता रहेको जनाएको छ । मुद्दा दर्ता भएपछि फरार रहेका उनलाई प्रहरीले निगरानीमा राख्दै आएको थियो ।

प्रहरीले फरार आरोपितको खोजी गर्ने क्रममा काठमाडौंको बौद्ध क्षेत्रमा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ परेका कुशवाहलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया

सोमबार, कात्तिक १६, २०८३ Mon, Nov 2, 2026

ट्रेन्डिङ