समाचार

पूर्वसांसद डा. विजय पौडेलको निधन

२६ असोज, काठमाडौं । पूर्वसांसद एवं नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ ।

उनको आज कीर्तिपुर अस्पतालमा निधन भएको हो ।

कीर्तिपुर अस्पतालका कार्यकारी निर्देशक डा.किरण नकर्मीका अनुसार पौडेललाई अस्पताल ल्याइपुर्‍याउँदै निधन भइसकेको बताएको छ ।

उनी  एमालेको राजनीतिमा लामो समय सक्रिय थिए । एमालेबाट माधव नेपालको समूह छुट्टिएपछि उनी एकीकृत समाजवादीमा थिए ‍ । एकीकृत समाजवादी र तत्कालीन माओवादी एकता प्रक्रियामा जाने भएपछि उनी त्यसमा असहमति राख्दै नेकपा संयुक्तमा सक्रिय भएका थिए । उनले जनता टिभी पनि सञ्चालन गर्दै आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया

सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026

ट्रेन्डिङ