२६ असोज, काठमाडौं । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा प्रहरी निरीक्षक आधारभूत तालिम १–१८४औँ समूहको दीक्षान्त समारोह आज सम्पन्न भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको समारोहमा १६ महिने तालिम सफलतापूर्वक पूरा गरेका ७९ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरू दीक्षित भएका छन् । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नवदीक्षित प्रहरी निरीक्षकहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कानुनको पालना, निष्पक्षता र नागरिकको विश्वासलाई केन्द्रमा राखी जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रमुख अतिथि लगायत पूर्वमन्त्रीहरु, नेपाल सरकारका मुख्यसचिव, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार, नायब महान्यायाधिवक्ता, नेपाली सेनाका रथी, सशस्त्र प्रहरी महानिरीक्षक, मुख्य अनुसन्धान निर्देशक, अन्य विशिष्ट अतिथिहरू तथा नवदीक्षित प्रहरी निरीक्षकहरूका परिवारजनलाई स्वागत गरेका थिए ।




प्रतिक्रिया