सरकार

एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण

काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई बर्खास्त गरिएकोबारे गृहमन्त्री सुधन गुरुङले चारबुँदे प्रस्टीकरण दिएका छन् । शुक्रबार साँझ गृहमन्त्रीको सचिवालयबाट चारबुँदे प्रस्टीकरण आएको हो । 

•    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीनकाम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा मिति२०८३/६/२३ गतेबाट लागु हुने गरी गृह मन्त्रीले निजलाई सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारवाही गरेको ।
•    
सशस्त्र प्रहरी बल, नेपालको इतिहासमा गृह मन्त्रीले सशस्त्र प्रहरी ऐन तथा नियमावलीले प्रदान गरेको अधिकार प्रयोग गरी उच्चतहका सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पद अनुसारको आचरण पालना नगरेको अवस्थामा विभागीय कारवाही गरेको ।
•    
गृह मन्त्रालय मातहतका हरेक प्रहरी कर्मचारीहरूबाट गरिने पदीय आचरण विपरीतका कार्यहरू, संवेदनशील गोप्य सूचनाकोचुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिहरू माथि गृह मन्त्रीले सूक्ष्म निगरानी तथा विश्लेषण गरिरहेका छन ।
•    
कानून विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई प्रचलित कानूनबमोजिम कारवाही गर्ने र विधिको शासन, कानूनको परिपालना तथा सार्वजनिक शान्ति सुरक्षा कायम गर्न गृह मन्त्रालय सदैव प्रतिबद्ध रहेको ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया

शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026

ट्रेन्डिङ