चौतारा । नेपाली कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेको छ । बिहीबार चौतारामा आयोजित एक कार्यक्रमबीच पार्टीका पूर्वसभामुख तथा केन्द्रीय सदस्य अग्निप्रसाद सापकोटाले अभियानको उद्घाटन गरेका हुन् ।

पार्टी जिल्ला संयोजक विनोद खनालको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा पूर्वसभामुख एवं पार्टीका केन्द्रीय सदस्य अग्नि प्रसाद प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा नेकपाका संसदीय दलका प्रमुख सचेतक तथा पार्टी केन्द्रय सदस्य युवराज दुलाल तथा पार्टी केन्द्रीय सदस्य माधव सापकोटालगायत पार्टीका केन्द्रीय सदस्यहरु र विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट आएका पार्टी कार्यकर्ताहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्ने नेताहरूले राष्ट्रिय जागरण अभियानलाई जिल्लाका सबै स्थानीय तहसम्म विस्तार गर्दै पार्टीलाई जनतासँग थप नजिक बनाउने बताएका छन् । जनताका समस्या, आवश्यकता र आवाजलाई सम्बोधन गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसहित अभियान सञ्चालन गरिने नेताहरुको भनाइ थियो ।

पार्टीले राष्ट्रिय जागरण अभियानमार्फत जनतासँगको सम्बन्ध विस्तार, संगठन सुदृढीकरण तथा राजनीतिक जागरण अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ ।


प्रतिक्रिया