समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू

२३ असोज, काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ ।

शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सरकारका प्रवक्ता सस्मित पोखरेलले सार्वजनिक गरेका हुन् ।

उनका अनुसार, विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय भएको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू–

१. विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड सम्बन्धी म्यान्डेट एग्रिमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने ।

२. बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश २०८३ स्वीकृत गर्ने ।

३. जापानको आइची नागोयामा भएको २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाडी, प्रशिक्षकतथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने ।

४. नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरीबेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने । 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया

शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026

ट्रेन्डिङ