सिन्धुपाल्चोक । मानव बेचबिखन सम्बन्धी मुद्दामा फरार रहेका सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–६ इचोकका सोनाम लामा भनिने थोप्तेन लामालाई प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रदेश कार्यालय, बनेपाबाट खटिएको टोलीले लामालाई बिहीबार काठमाडौं क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार लामो समयदेखि फरार रहँदै आएका लामाविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मानव बेचबिखनसम्बन्धी मुद्दा दर्ता रहेको छ ।
लामो समय भारतमा लुकिछिपी बस्दै आएका लामामाथि निगरानी राख्दै आएको र सोही क्रममा काठमाडौंमा फेला पारी पक्राउ गर्न सफल भएको प्रहरी स्रोतले जनाएको छ ।
पक्राउ परेका लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया