समाचार

दसैंका लागि खुला भयो अग्रिम टिकट बुकिङ

काठमाडौँ — आजबाट दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खुला भएको छ । गोंगबुको नयाँ बसपार्कलगायत स्थानमा बुकिङका लागि यात्रुको भीड लागेको छ ।

शनिबारबाटै यात्रु बाहिरिन थाल्ने भएकाले काउन्टरमा यात्रुको भीड लागेको बताएको छ । यात्रुको बढी चाप हुने गोंगबुको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर, चाबहिललगायत स्थानमा पुगेर यात्रुले टिकट बुक गर्न सक्ने यातायात व्यवस्था विभागले जनाएको छ । भौतिक रूपमा यी स्थानमा पुग्न यात्रुलाई कठिन छ भने ई–सेवा, खल्ती, बससेवालगायत अनलाइन एपबाट पनि दसैंका लागि बसको टिकट बुकिङ गर्न सकिने जनाइएको छ ।

विभागले लामो र मध्यम दूरीका सवारीसाधनलाई देशभर यात्रु लिएर जान मिल्ने गरी रुट परमिट खुला गर्ने निर्णय गरेको छ । २५ असोज अर्थात् घटस्थापनाका दिनदेखि १० कात्तिकसम्म रुट परमिट खुला गर्ने निर्णय भएको हो । चाडबाडमा यातायात आवागमन सहज बनाउन ट्रेलरलगायत ठूला सवारीसाधनलाई घटस्थापनाको दिनदेखि ८ कात्तिकसम्म नारायणगढदेखि काठमाडौंसम्मको खण्डमा सञ्चालन गर्न रोक लगाउने निर्णय पनि गरिएको विभागका महानिर्देशक राजीव पोखरेलले जनाए ।

१५ स्थानमा यात्रु सहायता कक्ष खोलिसकिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । नयाँ बसपार्क गेट, बल्खु चोक, फर्पिङ चोक, कलंकी, नागढुंगा चोक, हलचोक, चाबहिल, कोटेश्वर चोक, भीमढुंगा चेकपोस्ट, तीनपिप्ले चोक, टोखा चेकपोस्ट, साँखु बसपार्क, नाङ्लेभारे चेकपोस्ट, जगाती चोक र चापागाउँ चेकपोस्टमा यात्रु सहायता कक्ष खोलिसकिएको छ ।

सुजन पाख्रिन तामाङ

प्रधान सम्पादक।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया

शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026

ट्रेन्डिङ