दल

कांग्रेस महाधिवेशन मतदान झारी, सभापतिको मतगणना आजै 

असोज २२, काठमाडौँ । नेपाली कांग्रेसको १५औं महाधिवेशनमा सभापति पदको मतगणना आजै सुरु हुने भएको छ । मतदान सम्पन्न हुनासाथ सभापति पदको मतगणना सुरु गरिने निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले बताएका छन् ।

कटुवालका अनुसार अहिलेसम्म ६ हजार ७ सय मत खसिसकेको छ । मतदानका लागि मतदाताहरू अझै लाइनमा रहेकाले साँझ ७ बजेसम्म मतदान सकिने अनुमान गरिएको छ । मतदान सकिएलगत्तै सभापति पदको मतगणना सुरु गरिने उनले बताए ।

सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गी प्रतिस्पर्धामा छन् । 

सभापति पदको मतगणना आजै सुरु गर्ने तयारी भए पनि अन्य पदको मतगणना कहिलेदेखि गर्ने भन्ने निर्णय भइसकेको छैन । अन्य पदको मतगणना आज रातिदेखि सुरु गर्ने वा भोलि बिहानदेखि थाल्ने भन्नेबारे निर्वाचन समितिले निर्णय गर्न बाँकी रहेको कटुवालले बताए ।

मतगणना व्यवस्थापन र समयलाई ध्यानमा राखेर अन्य पदको मतगणनाबारे निर्णय गरिनेछ । सभापति पदको मतगणना सुरु भएपछि त्यसको प्रक्रिया र अवस्थाअनुसार अन्य पदको मतगणना अघि बढाउने तयारी निर्वाचन समितिको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया

शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026

ट्रेन्डिङ