समाचार

मोहनबहादुर गिरीको सहयोगमा भीमेश्वर माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

असोज २३, सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–७ स्थित भीमेश्वर माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई ट्र्याकसुट, ब्याग, स्पिकर, डिस्पेन्सरलगायत विभिन्न शैक्षिक सामग्री वितरण गरिएको छ ।

मोहनबहादुर गिरीको सहयोगमा आज आयोजित कार्यक्रममा विद्यालयका साना विद्यार्थी भाइबहिनी तथा विद्यालय परिवारलाई उक्त सामग्री वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी संघीय संसद् सदस्य तथा नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले शैक्षिक क्षेत्रको विकासका लागि सहयोग गर्ने सहयोगीहरूप्रति धन्यवाद व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै शिक्षा क्षेत्रको विकासमा यस्ता सहयोगले सकारात्मक योगदान पुर्‍याउने बताउनुभयो ।

समाजसेवी तथा सहयोगदाता  मोहन बहादुर गिरीले आफुले शिक्षा क्षेत्रमा यस्ता सहयोग गर्दै आइरहेको बताउनुहुदै आगामी दिनमा पनि यस्तो अभियान निरन्तर गर्ने बताउनु भयो ।

विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासमा सहयोग पुर्‍याउने उद्देश्यले गरिएको सामग्री वितरणले विद्यालय परिवारमा उत्साह थपेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया

शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026

ट्रेन्डिङ